२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द



काठमाडौ ।नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ।
असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना देखिएको हो।
कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो।
करिब एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ।
कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो। अब केन्द्रीय समिति बैठक पनि अन्यौलमा परेको छ।


प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  १ : ३४ बजे