२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै बस्तिमा यहि वर्ष विद्युत पुग्छ : मेयर खड्ग खत्री




सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा ९० प्रतिशत भूभागमा विद्युतीकरणको काम सकिएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पु¥याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए ।
हालसम्म कमलामाई नगरपालिकाको १४ वडा मध्ये वडा नं. १ को केही भाग र वडा नं. ४ को केही भाग बाहेक नगरको सबै भुभागमा विद्युतीकरण भएको तथा माई खोला क्षेत्रमा ११ किलोमिटर मूख्य लाइन, १५ किलोमिटर शाखा लाइन, दुईवटा ट्रान्सफर्मर तथा पातिपरान क्षेत्रमा १५ किलोमिटर मुख्य लाइन, ३० किलोमिटर शाखा लाइन र १ वटा ट्रान्स्फर्मर जडान गरी वडा नं. ८ को सबै बस्तीमा विद्युतीकरण गरिएको नगरप्रमुख खत्रीले बताए ।
वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी लागतमा विस्तार गरिएको विद्युतबाट वडा नं. ८ का दुई सयभन्दा बढी घर परिवार लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँले विद्युत पुग्न बाँकी वडा नं.७, ८ / १० का सबै भुभागमा विद्युत सेवा विस्तार गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

‘मैले चुनावमा नगरवासिको चाहना-उज्यालो नगरपालिका हाम्रो कामना भन्ने अभियान अन्तर्गत आफ्नो पाँचवर्षे कार्यकालमा नगरपालिकाको सबै बस्तीमा विद्युत पु¥याउँछु भनेर जनतामाझ घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको प्रतिबद्धता म यसै साल पूरा गर्दैछु ।

विद्युत पुग्न बाँकी वडा नंं १ र वडा नं. ४ का केही भुभागमा आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँबाटै विद्युत विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  २ : ३५ बजे