२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा आईसियूका एक बिरामीको मृत्यु, काेराेना जाँच हुँदै



चितवन – चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ।

उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले सेतोपाटीलाई बताए। उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।

अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए।

उनको बुटवलमा नै कोरोनाको परीक्षणका लागि स्वाब परीक्षण लिइएको भएपनि नतिजा आइसकेको छैन। भरतपुर अस्पतालले पनि श्वाब परीक्षणको तयारी गरेको छ। -सेतोपाटी

प्रकाशित मिति : २०७७, १२ जेठ सोमबार ००:००  ४ : १७ बजे