२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रावतीमा पशु बिमा कार्यक्रम सुरु



काठमाण्डौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पशु बिमा कार्यक्रम सुरु गरेको छ । व्यावसायीक कृषकहरुलाई प्रोत्साहीत गर्ने उदेश्यले गाँउपालीकाले पशु बिमा कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिका भित्र पशु धन बिमा गर्न इच्छुकहरुले गाँउपालीकाले पशुधन बिमा गर्न सम्झौता गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत पशु चौपायको बिमा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाँउपालीकाले बिमा ऐन २०४९ बमोजीम कारोबार गर्न इजाजत प्राप्त संस्थासंग गाउँपालिकाभरीका पालीएका पशु चौपायाहरुको बिमा गरीने भएको हो ।

बिमा गर्दा बिमाशुल्कमा अनुदानको व्यावस्था पछी हुन आउने ५० प्रतिशत रकम गाउँपालिकाले अनुदानको रुपमा उपलब्ध गराउने छ भने बाँकी ५० प्रतिशत भने सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ ।

पशु बिमा कार्यक्रमको लागी इन्द्रातवी गाउँपालिकाले चालु आर्थीक बर्ष २०७७/७८ मा १० लाख ५० हजार रुपैंया रकम विनियोजन गरेको छ । गाउँपालिका भित्र चालु आर्थीक बर्षमा करीव १५ सय वटा गाई, भैंसी लगाएतका ठुला पशुहरु र ३५ सय वटा बाख्रा लगाएतका साना पशु चौपायहरुको बिमा गर्न सकिने गाउँपालिकाले बताएको छ । यस बिमा कार्यक्रमबाट गाउँपालिकाभित्र करीव १७ करोड बराबरको पशुधनको विपदबाट हुन आउने क्षतीको शुरक्षण हुने गाँउपालीकाले अनुमान गरेको छ । बिमा कार्यक्रम १ बर्षको लागी मान्य हुनेछ ।

विश्व पशु दिवसको अवसरमा वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरुले गाउँपालिकाले सुरु गरेको कामले पशुपालन कार्यमा थप हौसला थपेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङको बताए।

पशु बिमा कार्यक्रम पुर्ण रुपमा कार्यन्वयन हुंदा दुग्धजन्य र मासुजन्य पदार्थमा गाउँपालिका आत्मनीर्भर हुने र किसानहरुको बार्षिक १७ करोड बराबरको नोक्सानी हुनबाट किसानहरुलाई जोगाउन सकिने अध्यक्ष तामाङले अनलाइन सरोकारलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  ७ : ४१ बजे