२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोराको कुटाइबाट बाबुको मृत्यु



गुल्मी । इस्मा गाउँपालिका ४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् ।

आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए ।

गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

घटना भएको थाहा पाए लगततै इस्मा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीको कमाण्डमा खटिएको टोलीले दिलबहादुरको उद्धार गरेर अस्पताल पठाएको थियो ।

कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको डिएसपी पन्तले बताए । के कारणले कुटपिट भएको हो भन्ने कुनै कारण नखुलेको उनको भनाइ छ ।- अनलाईन खबर

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार ००:००  १ : ०६ बजे