२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको अवरोध



बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको हो । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार ००:००  २ : १७ बजे