२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा स्थानीय तहलाई बजार अनुगमनको जिम्मा




ओखलढुंगा । ओखलढुंगामा स्थानीय तह मार्फत जिल्लाभरका बजार अनुगमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा गर्दै आएको बजार अनुगमनको काम अब स्थानीय तह मार्फत गरिने भएको हो ।

चाडपर्वका समयमा कालोबजारी गर्ने र अखाद्य वस्तुको विक्रिवितरण बढ्ने गरेको गुनासो आएपनि जिल्ला प्रशासनले मात्रै जिल्लाभरका बजारमा अनुगमन गर्न सम्भव नहुनेभएकाले स्थानीय तहका अनुगमन समिति मार्फत काम गरिन प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा जनताका गुनासो सुन्नका लागि २४ सै घण्टा सञ्चालनमा रहने हटलाईन मार्फत जिल्लाका नागरिकहरुले बजारमा अखाद्य वस्तु र म्याद नाघेका सामानहरु विक्रि भइरहेको भन्नेबारे पटक पटक गुनासो गरेपछि जनताको गुनासो सम्बोधन गर्दै अनुगमनलाई कडाई गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई नजिकिँदै गरेका दशैँ र तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर नियमित बजार अनुगमन गर्न पत्राचार गरिसकेको छ । प्रशासनको पत्रमा अनुमगनका क्रममा आवश्यक पर्ने शान्ति सुरक्षा लगायतका कुरामा जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने उल्लेख गरिएको छ ।
जिल्लाका केहि स्थानीय तहले समेत जिल्ला प्रशासन कार्यालयले नै अनुगमन गर्नुपर्ने बताएपनि प्रशासनले स्थानीय सरकार सञ्चालन ऐन अनुसार उक्त जिम्मेवारी स्थानीय तहकै भएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार ००:००  ३ : २२ बजे