२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने




सिन्धुली । सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने
भएका छन् । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सिन्धुलीमा आबद्ध निजी विद्यालयहरूले ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेका हुन् ।
कोरोना महामारीका कारण शैक्षिक संस्था बन्द भएपछि वैकल्पिक विधि अपनाएर अध्यापन गराएका निजि विद्यालयहरूले महामारीमा अभिभावकसँग पैसा नलिने घोषणा गरेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताए ।
हाल विद्यालय हरुमा अनलाइन ,रेडियो कार्यक्रम उत्पादन तथा ग्रामिण क्षेत्रका विधार्थीका लागि होमवर्क प्याकेज बनाएर सिकाइ चलिरहेको छ । सरकारले अनलाइन कक्षालगायतका नाममा शुल्क लिन सक्ने बताए पनि अभिभावकको अवस्थालाई बुझेर शुल्क नलिने निर्णय भएको मास्केल जानकारी दिए ।

हाल प्याब्सनमा आबद्ध ३३ विद्यालयलमा २० हजार विद्यार्थी अध्ययनरत छन् भने ५ सय बढी शिक्षक, कर्मचारी कार्यरत छन् ।कोरोना भाइरस कोभिड १९ का कारण रोजगारी गुमेकाले सबै अभिभावकले शुल्क तिर्न सक्ने अवस्था नभएका कारण शुल्क नलिने निर्णय गरेको उनको भनाई छ ।

वैकल्पिक माध्यमबाट पढाई भए पनि वैशाखदेखि भदौसम्मको शुल्क नलिने प्याब्सनको निर्णय छ ।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार ००:००  ४ : ३३ बजे