२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लायन्स क्लव अफ काठमाडाैं हाईटको अध्यक्षमा गुरु केदार बराल निर्वाचित



पूर्णप्रसाद न्यौपाने

काठमाडाैं – लाईन्स क्लव अफ काठमाण्डौ हाईटको अध्यक्षमा गुरु केदार बराल निर्वाचित भएका छन् । ओखलढुंगा विपद् व्यवस्थापन समाजका सहअध्यक्ष समेत रहेका बराल लायन्स क्लव अफ काठमाण्डौ हाईटको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष लायन गुरु केदार बराल

बरालकाे नेतृत्वमा निर्वाचित क्लवको नयाँ कार्यसमितिकाे उपाध्यक्षमा उदयपुरकी सिता निरौला, सचिव घनश्याम निरौला र कोषाध्यक्षमा काठमाण्डौकी निर्मला कार्की सापकोटा निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष मनोज सापकोटाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

रचनात्मक काम गर्ने प्रतिवद्धता

नवनिर्वाचित अध्यक्ष बरालले क्लव मार्फत समाजसेवालाई निरन्तरता दिने बताएका छन् । ‘विगत लामो समय देखि सामाजिक संघ संस्थामा रहेर काम गरेको अनुभव छ । साथीहरुले यो जिम्मेवारी सुम्पनुभयो । म रचनात्मक काम गर्ने प्रतिवद्धता जनाउँछु ।’ अनलाइन सरोकारसँग कुरा गर्दै अध्यक्ष बरालले भने ‘विपद्मा परेका, खाना र नाना अभाव भएकाहरुका लागि सेवा दिन कुनै कसुर बाँकी राख्दिनँ । अरु संस्थाका नियमित कामहरु प्राथमिकतामा राखिन्छ ।’ विगत देखिका कामलाई संस्थागत गर्दै भावि योजना तय गरेर अघि बढ्ने योजना रहेको उनले बताए ।

को हुन् बराल ? के गर्दै छन् अहिले ?

ओखलढुंगाको लिखु गाउँपालिकाका बराल विगत डेढ दशक अघि देखि सामाजिक काममा सकृय छन् । पोकली झरना सेवा समाजको संस्थापक अध्यक्ष भएर पर्यटन प्रवद्र्धन र दिगो विकासमा जुटेका उनि ओखलढुंगा विपद् व्यवस्थापन समाजमा महासचिवको भूमिकामा लामो समय काम गरेका थिए ।

अहिले विपद् व्यवस्थापन समाजको सहअध्यक्ष छन् । उनी अन्य थुप्रै सामाजिक संघ संस्था र अभियानमा आवद्ध छन् ।

उनी अहिले विपन्न र साहरा विहिनको सारथी बनिरहेका छन् । हरेक दिन बिहान सबेरै देखि राती अबेर सम्म राजधानीका विभिन्न स्थानमा राहत वितरणमा व्यस्त भइरहेका छन् । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल सरकारले सुरु गरेको दुई महिना भन्दा लामो लकडाउनका कारण खाना अभाव भएर समस्यामा परेका व्यक्तिको विवरण लिएर राहत बाँड्न बराल खटिएका छन् । विपद्मा परेका विपन्न र सहारा विहिनलाई सहयोग गर्न पाउँदा आफुलाई आनन्द मिल्ने भएकाले राहत जोखिम मोलेर वितरणमा जुटेको उनले बताए । ‘करोडौं पैसा कमाउँदा त्यति खुसी र आनन्द मिल्दैन होला जति एउटा विपद्मा परेकालाई सहयोग गर्दा मिल्छ ।’ बरालले भने ।

उनले ओखलढुंगाका नागरिकलाई प्राथमितामा राखे पनि अन्य जिल्लाबाट राजधानी आएर बसेकालाई पनि राहत वितरण गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १२ जेठ सोमबार ००:००  १० : ५६ बजे