२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै



काठमाडौं ।२४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।कसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेका तथा केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको रक्तचाप घटेर ७०र५० पुगेको भनाइ छ।

डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्।
डाक्टर सुभाष आचार्य नेतृत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्।

डाक्टर आचार्य नेतृत्वको टिमले केसीलाई आइसियूमा राख्न सुझाव दिए पनि उनले अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  ११ : ३६ बजे