२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाबहिलको आकाशे पुल उद्घाटन



काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल आज उद्घाटन गरिएको छ । फलामे आकाशे पुलको मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर आज बिहान उदघाटन गरे ।

२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  १२ : ०७ बजे