२०८३, २६ भदौ शुक्रबार | Fri Sep 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिने




बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ।
साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू(भाग समावेश गर्न लागिएको हो।


अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ।
१५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले बुधबार सूचना निकालेको हो।
उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  १ : ५२ बजे