२०८३, ८ असार सोमबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ देखि खोल्ने तयारी




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन्‍ा् ।

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ गएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कोभिड–१९ का कारण बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको भएको बताएका छन् ।

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि खोल्दै लगिने तथा चाडबाड नजिकिएकाले लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित खोल्दै लैजाने बताए ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  ३ : ३० बजे