काठमाडौँ । जाजरकोटको सदरमुकाम खलंगा बाट जुनीचाँदे गाउँपालिका तर्पm जादैगरको भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा वडा नं.११ का वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो २ बजे भएको दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, वडा ११ वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ। प्रहरीले घटनाबारे थप खोजी गरिरहेको वास्तोलाले जानकारी दिए हालसम्म मृतक ५ जनाको मात्र नाम आएको छ, बाँकी घटनामा के भएको छ भन्नेबारे प्रहरीले हेरिरहेको छ,’ उनले भने ।












