२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीमा प्रशासन र स्थानीय तहबिच विवाद बढ्यो




काठमाडौं । मन्थलीमा नगरपालिकाले स्थानीय तहको अधिकारको हस्तक्षेप हुने गरी जिल्ला प्रशासन कार्यालय रामेछापबाट सूचना जारी गरेकोप्रति आपत्ति जनाएको छ । विद्यालयमा पठनपाठन सुरु भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयबाट सामुदायिक, संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिएमा सोको जिम्मेवारी विद्यालय, सम्बन्धित निकाय रहने र उल्लेखित जोखिम बढाउने काम कारवाही गरेरगराएको पाइएमा प्रचलित कानून अनुरुप हुने भन्दै मंगलबार सूचना जारी गरेपश्चात मन्थली नगरपालिकाले आपत्ति जनाएको हो।

नगरपालिकाबाट जारी विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानको अनुसुची ८ मा रहेको स्थानीय तहको एकल अधिकार सुचीको देहाय ८ मा आधारभुत र माध्यामिक शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) (ज) मा उल्लेखित प्रावधान अनुसार आधारभुत र माध्यामिक शिक्षाको नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, अनुगमन मूल्यांकन र नियमनको कार्य स्थानीय तहको रहेको, कोभिड १९ का कारण पठन पाठन बन्द रहेको विद्यालयहरु र अलपत्र छात्र छात्राहरुको शैक्षिक सत्र गुम्न नदिन वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न नेपाल सरकार शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको जारी निर्देशनको आधारमा यस नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका विद्यालयहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ।’

शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको वैकल्पिक माध्यमबाट सिकाई प्रक्रिया अगाडि बढाउन निर्देशनपश्चात भाद्र २९ गते बसेको नगर क्षेत्रका विद्यालयहरुका प्रधानाध्यापक बैठकले विद्यार्थी संख्या न्युन भएका विद्यालयहरुमा टोलटोलमा सिकाई केन्द्र स्थापना गर्न असम्भव भएकाले विद्यालयहरुमा नै सिकाई केन्द्र निर्धारण गरी भौतिक दुरी लगायतका सुरक्षाका मापदण्ड अपनाउदै जोर बिजोरको माध्यमबाट सिकाई सहजिकरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

मन्थली बजार क्षेत्रभन्दा बाहिरका बस्तीहरुमा इन्टरनेट सेवा नपुगेको, ग्रामीण भेग भएकाले टोलटोलमा सिकाई केन्द्र सञ्चालन गर्न समेत कठिनाई देखिएपछि न्यून विद्यार्थी भएका विद्यालयलाई भौतिक दूरी कायम गरेर पठनपाठन संचालन गर्न अनुमति दिइएको नगर प्रमुख बस्नेतले बताए।

नगरपालिकाका अनुसार मन्थली बजारभन्दा बाहिर रहेका विद्यालयहरुमा उपलब्ध भौतिक पूर्वाधार र फर्निचरको तुलनामा विद्यार्थी संख्या न्यून रहेको र कोभिड १९ का कारण शैक्षिक सत्र गुम्न नदिन सिकाई केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दुरी कायम गरी बसाई व्यवस्था मिलाई पाठ्य पुस्तक र छपाई सामाग्री प्रयोग गरी शिक्षकमार्फत पठन पाठन सञ्चालन गरिएको र सो को कार्यान्वयका लागि नगरपालिकाबाट समेत अनुगमन गर्ने गरिएको छ।

कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण गर्न मन्थली नगरपालिकाको सम्पूर्ण शक्ति केन्द्रित भइरहेको र जोखिममा रहेका मन्थली नगरपालीका- ४ को सालु, वडा नं ५ को सुनारपानी, वडा नं. ३ को कठजोर र वडा नं १३ को देविटार क्षेत्रमा रहेका विद्यालय हालसम्म बन्द रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  ८ : १५ बजे