२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसी र सरकार बीच आज वार्ता हुँदै



काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ ।

डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताए । केसीले भने ‘हामी तयारी अवस्थामा छौं । सरकारले जति बजे, जहाँ बोलाउँछ, हामी त्यहीँ जान्छौं ।’

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेकाले त्यसपछि मात्रै वार्ता बस्ने तयारी गरिएको छ ।

डा. केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनी हाल त्रिवि शिक्षण अस्पतालको छन् ।

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार ००:००  ११ : ०४ बजे