२०८१, १० मंसिर सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार महानगरको विपद् व्यवस्थापन खर्च साढे १० करोड




काठमाडौं । विपद् व्यवस्थापनको शीर्षकमा गत आर्थिक वर्षमा चार महानगरपालिकाले १० करोड ४० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन् ।
गत आर्थिक वर्ष महाममारीको बेला व्यवस्थापनको लागि र अन्य विपद् व्यवस्थापनमा विराटनगर, वीरगञ्ज, ललितपुर र भरतपुर महानगरपालिकाले १० करोड ४० लाख २७ हजार रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्याललयले विकास गरेको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सफ्टवेयरमा उल्लेख छ ।
खर्च विवरणमा विराटनगर महानगरपालिकाले ३ करोड १५ लाख रुपैयाँ, वीरगञ्ज महानगरपालिकाले ६ करोड ४६ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाले ४४ लाख २८ हजार र लतलितपुर महानगरपालिकाले ३४ लाख ६१ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाको बजेट सूचीमा विपद् व्यावस्थापन शीर्षकमा गत वर्ष ६ करोड १३ लाख रुपैयाँ र चालू आर्थिक वर्षमा १७ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको देखिएको छ । सुत्र प्रणालीमा भने महानगरपालिकाले छुट्टै कोषको विवरण उपलब्ध गराएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच सय ५४ वटा स्थायी तहले विपद् व्यवस्थापन कोष खडा गरेका छन् भने विपद् व्यवस्थापन कोषबाट पाँच सय ४० स्थानीय तहले खर्च गरेका छन् । चालू आर्थिक वर्षको २ महिनाको अवधिमा तीन सय १६ स्थानीय तहले यस्तो कोष अध्यावधिक गरेका छन् ।
विपद् व्यावस्थापन कोषबाट गत वर्ष ६ अर्ब १९ करोड र चालू वर्षको २ महिनामा ४० करोड रुपैयाँ खर्च भएको देखिएको छ ।

कोषमा राहत उद्धार तथा व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारले उपलब्ध गराउने रकमदेखि वार्षिक बजेटमार्फत जम्मा हुने रकम, विपद् व्यवस्थापनमा प्रयोग हुने शुल्क तथा दस्तुर रकम कुनै पनि नागरिकले स्वेच्छाले विपद् व्यवस्थापनका लागि जम्मा गरिदिने रकम कोषको आय हुन्छ ।

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार ००:००  ११ : ४७ बजे