२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलेखानीमा १८ अर्बको सुरुङमार्ग बन्दै




काठमाडौं । बाग्मती प्रदेश सरकार भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने भएको छ । सुरुङमार्गको नाम माओवादी नेताको सम्झनामा ‘पोस्टबहादुर बोगटी सुरुङ मार्ग’ राखिने जनाएको छ ।

प्रदेश सरकारले यो आयोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न लागेको छ । यसका लागि १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र पेश गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँले बताए ।

अब ६ वटा कम्पनीलाई सर्ट लिस्टमा राखेर परामर्शदाता छनोटका लागि आर्थिक प्रस्ताव माग्ने योजना छ । फुयाँलका अनुसार यो सुरुङमार्ग बनाउन प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा कार्यदल पनि बनाएको छ । यो आयोजनामा संघीय सरकारले सहलगानी गर्ने भनिएको छ ।
प्रदेशसभाको सार्वजनिक लेखा समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई राज्यकोषको ठूलो रकम दुरुपयोग हुने देखिएकाले तत्काल यो आयोजना निर्माण प्रक्रिया अघि नबढाउन भनेपनि प्रदेश सरकारले परामर्शदाता छनोट हुनासाथ सुरुङमार्गको टेन्डर निकाल्ने तयारी गरेको मन्त्री फुयाँलले बताए । प्रदेशको गौरबको आयोजनमा रहेको यो आयोजना निर्माणको काममा ढिलाइ नगरिने उनको भनाइ छ ।

आयोजनाको डीपीआर तयार भइसकेको र आयोजनामा सुरुङसहित पहुँचमार्ग, त्यसमा बन्ने पुलसहितको संरचना बनाउन निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

भीमफेदी गाउँपालिका–६ को बगरबाट इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनिसम्म देउरालीको डाँडाको फेदीबाट सुरुङ बन्नेछ ।

३ दशमलव २१७ किलोमिटर लम्बाइको सुरुङ मार्गमा ७–७ मिटर चौडाइका दुईवटा बनाउने योजना छ । यो सुरुङमार्गले स्थलमार्गको १७ किलोमिटरको दुरी छोटो बनाउनेछ ।
यो सुरुङमार्ग बनेपछि हेटौंडादेखि काठमाडौंसम्मको दुरी ६५ किलोमिटरमा छोटिने भन्दै मन्त्री फुयाँलले सुरुङमार्ग बनाउँदा देशले नै लाभ प्राप्त गर्ने दाबी गरे ।

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार ००:००  १ : ५१ बजे