२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिक्कल गाउँपालिकाका बालबालिका कम्प्युटर शिक्षाबाट वञ्चित हँुदैनन् : प्रवक्ता राजु बराल



सिन्धुली ।फिक्कल गाउँपालिकाले विद्यालयलाई इन्टरनेट सहितको कम्प्युटर वितरण गर्ने भएको छ। गाउँपालिकाले प्राविधिक शिक्षामा जोड दिन १५ वटा विद्यालयलाइ कम्प्युटर वितरण गर्ने भएको हो ।
कम्युटर शिक्षा अनिवार्य भएपनि गाउँपालिका भित्रका विद्यालयहरुमा यसको प्रयोग हुन नसकेकाले इन्टरनेट र विद्युत सहितको कम्प्युटर वितरण गर्न लागिएको तथा कम्युटरको सैदान्तिक ज्ञान मात्र नभएर बालबालिकाल आफंैले कम्प्युटर चलाएर शिक्षा प्राप्त गर्ने प्रवत्ता राजु बरालले जानकारी दिए ।

विद्यालयलाई १० थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्रोजेक्टर, इन्टरनेट, १ थान इन्भटर वितरण गरिने तथा यन्त्र सञ्चालन गर्न आवश्यक विद्युतका लागि सोलारको समेत व्यवस्थापन हुने उनको भनाई छ ।

गाउँपालिकाको समन्वयमा सोलर गिप पावरले फिक्कलका १२ वटा माध्यमिक विद्यालय र ३ वटा निम्न माध्यमिक विद्यालयलाई कम्युटर वितरण गर्ने भएको होे । सोलार गिप पावर गाउँपालिकालाई १५ विद्यालयलाई उपलब्ध गराई सकेको तर कोरोनाको महामारिका कारण विद्यालयलाई हस्तान्तरण गर्न नसकिएको प्रवत्ता बरालले बताए ।

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार ००:००  ३ : ५३ बजे