२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुण्डा नाइके राधाकृष्ण भण्डारी पक्राउ



धादिङ । राधे उपनामले चिनिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारी पक्राउ परेका छन्।
बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको हो।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको तथा सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।

राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ।

जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्। राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न छन्।

तत्कालीन एमाले निकट चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र राधेबीच धादिङमा कुनै बेला आपराधिक गतिविधिमा प्रतिस्पर्धा हुन्थ्यो। चरी प्रहरीको इन्काउन्टरमा मारिएका थिए।

प्रहरी इन्काउन्टरमा चरी मारिएपछि धादिङमा राधेको एकछत्र आपराधिक गतिविधि चल्दै आएको छ। अधिकारी र उनको समूहबीच बारम्बार झगडा परिरहन्थ्यो। त्यसक्रममा राधेले अधिकारीलाई एक पटक गोली प्रहार पनि गरेका थिए।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार ००:००  १० : ५४ बजे