२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा श्रमिकलाई राहत स्वरुप रोजगारी दिँदै श्री लामा



नबिन धमला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रवती गाँउपालिका १ का वडा अध्यक्ष श्री लामाले लकडाउन प्रभावित श्रमिकलाई राहत स्वरुप रोजगारी दिने भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आफ्नो वडामा आएको बजेटबाट विपन्न, श्रमिक तथा राहतको खोजीमा रहेका युवालाई रोजगारी दिने भएका हुन् ।

बाहिर जिल्लाबाट कामको सिलसिलामा आएका र वडा भित्रकै पनि काम नपाएर बसेका श्रमिकहरुलाई यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्ने तयारी गरेको वडा अध्यक्ष लामाले अनलाइन सरोकारलाई जानकारी दिए । ‘हामी जनप्रतिनिधिले जनताको दुःख बुझेका छौं । राहतका व्याकेजले मात्रै उहाँहरुलाई नपुग्न सक्छ त्यसैले राहत स्वरुप रोजगारी दिने योजनामा छु ।’ उनले भने, ‘विकास पनि हुने श्रमिकले आयआर्जन पनि गर्ने यसो हुँदा राज्य र नागरिक दुबैलाई फाईदा पुग्छ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले यसवर्ष गाउँमा पदयात्राका लागि पदमार्ग निमार्ण गर्ने अध्यक्ष लामाको भनाई छ । लकडाउन प्रभावित श्रमिकको प्रयोग गरेर सामाजिक दुरी कायम गर्दै विकास अघि बढाउने वडा कार्यालयको तयारी छ ।

सिन्धुपाल्चोकको इन्द्रवती गाँउपालिका १ का लागि यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख ३३ हजार बजेट विनियोजन भएको छ । उक्त रकमबाट करिब ५ किलोमिट पदमार्ग निर्माण गरिने छ ।

राहत स्वरुप रोजगारी पाउने भएपछि स्थानीय पनि खुसी भएका छन् । ‘हाम्रो जनप्रतिनिधिहरुले विपद्को बेलामा पनि निकै राम्रो काम गर्नुभएको छ । हामीलाई राहत मात्रै होइन रोजगारी नै दिने कुरा अघि बढाउनु भयो । हामी खुसी छौं ।’ एक स्थानीयले भने, ‘वडामा भएको स्रोत साधन अनुसार हामीलाई काम लगाउनु भयो भने गाउँको विकासमा हामी लाग्छौं ।’ स्थानीय युवा र सरोकारवालाहरुले पनि राहत स्वरुप रोजगारी दिने वडाको निर्णयलाई स्वागत गरेका छन् ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकठाउनका कारण प्रभावत भएकाहरुलाई वडाले राहत वितरण गरिरहेको छ । स्थानीय न्यून आयस्रोत भएका विपन्न, अपाङ्ग, एकल महिला, वृद्धवृद्धा तथा श्रमिकहरुलाई राहत वितरण गरेको हो ।

बाहिरबाट कामको शिलसिलामा इन्द्रावती १ मा पुगेर लकडाउनमा फसेकाहरुलाई वडाले विशेष राहत व्याकेज मार्फत उनीहरुको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७, १३ जेठ मंगलबार ००:००  ७ : २० बजे