२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ आश्विन शनिबार ००:००  ९ : २७ बजे