२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना नियन्त्रणमा गोकर्णेश्वरको खर्च एक करोड ७५ लाख




काठमाडौं। कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण तथा रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाले एक करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि भन्दै पाँच करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका संक्रमितलाई सुरक्षित राख्नका लागि ५५ बेड क्षमताको आइसोलेसन तथा स्वास्थ्य सामग्री, राहत वितरण, खाद्यान्नलगायतमा सो खर्च भएकोे जनाएको छ ।


संक्रमितको उपचारका लागि नगरपालिले नेपाल मेडिकल कलेजमा शंखरापुर, खाङ्ग्रे इन्टरनेसनल, अर्थाेपेडिकलगायतका हस्पिटलसँग समन्वय गरेको कन्ट्याक्ट ट्रेसिङका लागि सेना, प्रहरीसमेत रहेको ११ जनाको टोली बनाइएको तथा ११ जना स्वास्थ्यकर्मीलाई कोभिडकै काममा खटाउन परिचालन गरिएको र नगरपालिकाका दुईवटा एम्बुलेन्स मध्य एउटा कोभिडका बिरामीका लागि छुट्याएको प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

नगरप्रमुख चालिसेका अनुसार होम आइसोलेसनमा बस्नेको पनि हरेक दिन फोन गर्ने कर्मचारी छुट्याइएको ज्वरो घटेरबढेको र लक्षण भएरनभएको टिपोट गरिएको तथा दैनिक हेल्थ रिपोर्ट बनाएको र समस्या भए अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा रहेको पनि बताए ।
कोभिड महामारी भएकै सात महिना भैसक्दा पनि प्रदेश र केन्द्र सरकारले बेलैमा सही निर्णय नगरेकाले समस्या भएको उनको भनाइ छ ।
नगरपालिकामा २५ हजार जनाको पीसीआर गरिएको मध्य यहाँ ८५० जना संक्रमित रहेका छन् भने सात जनाको मृत्यु भएको चालिसेले बताए ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  १ : ५४ बजे