२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ जना सामुदायिक रेडियोकर्मीलाई लेखनवृत्ति



काठमाडौं ।मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मीलाई फेलोसिप (लेखनवृत्ति ) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो । यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।

देशभरिका सामुदायिक रेडियोकर्मीका लागि भएको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यसम्बन्धी तालिममा सहभागि भएका ३ सय २० जना मध्येबाट २८ जना छनोट गरिएको हो । भर्चुल माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं प्रवक्ता मीन बहादुर शाहीले मानसिक स्वास्थ्य सम्बन्धी सञ्चारलाई प्राथमिकता दिएर योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गरे ।

१३ वटा समूहमा विभाजन गरेर गरिएको भर्चुअल तालिममा सहभागि देशैभरिका सामुदायिक रेडियोहरुबाट मानसिक स्वास्थ्यका बिषयमा कार्यक्रम र सूचना प्रसारण गर्ने प्रतिवद्धता सहभागिहरुबाट आएको सीआईएनका प्रवन्धक दीपक आचार्यले जानकारी दिए ।

युनिसेफका स्वास्थ्य शाखाका प्रमुख बुद्धि सेटुवानले मानसिक स्वास्थ्य सम्बन्धी प्राविधिक ज्ञान लिएका रेडियोकर्मीहरुले जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालका अध्यक्ष सुवास खतिवडाले सामुदायिक सरकारले स्वास्थ्य जनचेतनाका लागि रेडियोसँग भएको क्षमताको सदुपयोग गर्न आह्वान गर्नुभयो । उहाँले मानसिक स्वास्थ्य सामुदायिक रेडियोको मुख्य मुद्दा भएको पनि बताए ।

फेलोसिप पाउने
प्रदेश नं एकबाट पूर्ण प्रसाद न्यौपाने भिजन एफएम ओखलढुंगाका , रेडियो साथी झापाका ज्ञानेन्द्र निरौला, रेडियो मेन्छ्याम तेह्रथुमका इन्दिरा भट्टराई र रेडियो लालिगुँरास धनकुटाका बिदुर खवासले लेखनवृत्ति पाएका छन् ।

प्रदेश २ बाट रेडियो जानकीका बटुक झा, रेडियो गुञ्जनका उपेन्द्र गोले, रेडियो एकताका जनार्दन खत्री र रेडियो मिताका यमुना खनाल छन् ।

बागमती प्रदेशबाट रेडियो सिन्धुका अस्मी स्याङ्तान, रेडियो महाभारतका बृुद्ध नेपाली, रेडियो रामेछापका अनिता थापा मगर र रेडियो चिम्टेश्वरी नुवाकोटका रामहरी न्यौंपानेले फेलोसिप प्राप्त गर्नु भएको छ । गण्डकी प्रदेशबाट रेडियो स्याङ्जाका रमेश गोदार, रेडियो हिमचुलीका रमेश रामदान राई र रेडियो लमजुङका शान्ता कमली छन् ।

लुम्बीनी प्रदेशबाट रेडियो मदन पोखराका विजयकुमार गौंडेल, रेडियो मुक्तिका निरु थापा, रेडियो मालारानीका नविन केसी हुनुहुन्छ भने कर्णाली प्रदेशबाट रेडियो चँखेलीका हस्त चौंलागाई, रेडियो शारदाका प्रतिक शर्मा ईच्छुक, रेडियो कर्णाली आवाजका नवराज महतरा, बुलबुले एफएम सुर्खेतका कल्पना डेंगा मगर छन् ।

सुदुरपश्चिम प्रदेशबाट रेडियो सेभेन स्टार बैतडीका डम्बरबहादुर बोहोरा, रेडियो बार्जु बाजुराका नन्दा थापा, रेडियो टिकापुरका दुर्गा देवकोटा, रेडियो खलंगा जाजरकोटका टिका बिसी र नयाँ नेपाल एफएम दार्चुलाका सन्तोस कोट्टारीले फेलोसिप प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  ३ : ०९ बजे