२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाको प्रदेश समितिमा गम्बु शेर्पा मनोनित



ओखलढुंगा । ओखलढुंगाका जनता समाजवादी पार्टीका नेता गम्बु शेर्पा पार्टीको प्रदेश समितिमा मनोनित भएका छन् । झापाको दमकमा बसेको जसपा प्रदेश १ को पदाधिकारीको बैठकले शेर्पा सहित १५ जनालाई प्रदेश सदस्यमा मनोनयन गरेको हो ।

शेर्पा असोज १० गते राजधानीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।१५ जना थपिएसँगै जसपा प्रदेश समिति १ सय १० सदस्यीय भएको छ ।

सदस्य मनोनयन लगायत १ नम्बर प्रदेशको नाम जातीय पहिचानको आधारमा राख्न माग गर्ने निर्णय गरिएको जसपा १ नम्बर प्रदेश अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । जसपाले प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेश–शेर्पालुङ’ प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  ३ : २७ बजे