२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा जिल्ला प्रशासनसहित चार सरकारी कार्यालय बन्द



दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  ११ : ०९ बजे