२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टका सबै विद्यार्थीलाई निशुल्क ट्याब्लेट




सिन्धुली । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले विद्यार्थीलाई निशुल्क ट्याब्लेट वितरण गरेको छ । कोरोना भाइरसका कारण विध्यालय बन्द भएपछि विद्युतीय माध्यमबाट पठन पाठन गराउन कलेजले निशुल्क ट्याब्लेट वितरण गरेको हो ।


विद्यार्थीको भविश्य अन्योलमा पर्न नदिइ पठन पाठनलाई निरन्तरता दिन विद्यार्थीलाई कलेजले ३ देखि ४ महिनाको लागि आफ्नै खर्चमा इन्टरनेट उपलब्ध गराउन सहयोग गरेको कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताए ।


अतिरिक्त शुल्क नलिई कलेजले विद्यार्थीलाई जूम एप चलाउन सकिने एन्ड्रोइड ट्याब्लेट वितरण गरिरहेको ढकालको भनाई छ ।


ट्याब्लेट लिने विद्यार्थी अनलाइन कक्षामा नियमित उपस्थित हुनु पर्ने तथा कलेजमा अध्यनरत सम्पूर्ण विद्यार्थीले ट्याब्लेट पाउने र नयाँ भर्ना हुने विद्यार्थीले पनि यो सुविधा पाउने ढकालले बताए
कक्षामा विद्यार्थी र शिक्षकको मानसिक र सरिरिक स्वास्थ्यलाई मध्यनजर गर्दै दिनहुँ २- ३ वटा विषयको पढाइ हुने तथा अनलाईनबाट छोटो र प्रभावकारी कक्षा संचालन गर्ने, नियमित गृहकार्य दिने व्यवस्था गरेको कलेजले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  २ : २६ बजे