२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर केसी आईसीयूमा




काठमाडौं । चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा. केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ।
कोरोना संक्रमणबाट मुक्त भई काममा फर्किएका त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए।
अनशन अन्त्यपछि डा. केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘सहमति गर्नुभन्दा कार्यान्वयन महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘सरकारले कार्यान्वयनमा इमानदारी देखाउनुपर्छ। अर्को पटक पनि अनशन बस्न नपरोस्।’ सरकार र डा. केसीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  ३ : ५८ बजे