२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाध्यक्ष सहित सात जनाको टोलि जुगल हिमाल आरोहणमा




सिन्धुपाल्चोक । सिन्धुपाल्चोक,जुगल हिमाल दोस्रो पटक आरोहण हुने भएको छ । राजधानीबाट सबैभन्दा नजिकै रहेको जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहण गरिने भएको हो ।
‘एक सातामा जुगल हिमाल आरोहण’ नाराका साथ सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोली मंगलबारदेखि ,६ हजार १ सय ५१ मिटर उचाइका जुगलको आरोहण गर्ने तयारीमा रहेको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।


आरोहीको कोरोना परीक्षण भई नतिजासमेत आइसकेकाले पर्यटन बोर्डले आरोहणका लागि आइतबार अनुमति दिने आरोहण टोलीका संयोजक शर्मिला लामाले जानकारी दिइन् ।
आरोहण दलमा शर्मिला लामा, पासाङकाजी शेर्पा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, आङछिरिङ शेर्पा र सार्की शेर्पा रहेका छन् । शर्मिला र पेम्बा तामाङले सगरमाथा आरोहण गरिसकेका छन् भने आरोहण दलका अन्य सदस्यले ६ हजार मिटर अग्ला राष्ट्रियरअन्तर्राष्ट्रिय हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।


‘आरोहणको सबै तयारी पूरा भएको हामीलाई जानकारी आएको छ,’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने । आरोहण दलका सदस्यले ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिकको आरोहण गर्ने र प्रतिकूल मौसम नभए आइतबारसम्म टोली फर्कने गरी हिमाल आरोहण गर्न लागेको नेपालले जानकारी दिए ।
सगरमाथा आरोहण हुनु पहिला ६ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नुपर्ने प्रावधान रहेकाले आरोहीले जुगल रोज्ने गरेको पर्यटन व्यववसायी बताउँछन् ।

‘यो राजधानीसँग नजिकै रहेको र कम आरोहण भएको हिमाल हुँदा आरोहीहरू आकर्षित भएको पाइएको छ’, पर्यटन व्यवसायी मिलन लामा भन्छन्, ‘पदमार्ग, वेसक्याम्पलगायतका पूर्वाधार निर्माण गर्न सके यो हिमालको आकर्षण झन् बढ्छ ।’

जुगल हिमाललाई राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि यो आरोहणले थप मद्दत पुग्ने उनको भनाइ छ । दोस्रो पटक हुन लागेको जुगल हिमाल आरोहण दलका सदस्यलाई जुगल गाउँपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ । ‘जुगल हिमाल हाम्रो पालिकाको गौरव हो’, गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘हिमाल आरोहण गर्ने।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार ००:००  ११ : १३ बजे