२०८३, २ श्रावण शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ



पर्सामा अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका छन्।वीरगन्जको यादव अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिका-३ का नारद साह रहेको र उक्त अल्ट्रासाउन्ट सेन्टरमा उनले डा. शिवशंकर यादवको नाममा अल्ट्रासाउन्ड गर्ने र गर्भीवती महिलाहरूलाई औषधी दिने काम गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले शनिबार अपराह्न उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिमको इलाज सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

साहले अन्य विरामीको समेत चेकजाँच गर्ने र औषधी लेखेर दिने गरेका थिए। उनी अहेब रहेको प्रहरीले पत्ता लगाएको छ।

उनीमाथि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार ००:००  ११ : ३५ बजे