२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्रीको अविश्वास प्रस्ताव रोक्न प्रचण्ड र नेपाल छलफलमा



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

छलफलमा नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट छन् ।
तर, अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेल पक्षसँग भने छलफल हुन सकेको छैन । कँडेल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । तर, प्रचण्ड र नेपाल पक्ष भने सहमति नजिक नै पुगेको स्रोतले जनाएको छ ।

नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछि हटे मुख्यमन्त्री शाही फेरि बहुमतमा हुनेछन् । आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ मध्ये सात जना नेता नेपाल पक्षका छन् ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार ००:००  १२ : ४८ बजे