२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेम्वाङको फोनले रोकियो कर्णालीका मन्त्रीको राजीनामा



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न नेकपा नेता सुवास नेम्वाङले सुझाव दिएका छन् ।

पार्टीको प्रतिनिधिसभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए ।
तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको निर्देशन नआएसम्म कुनै प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका छन् ।


नेम्वाङको टेलिफोनपछि कर्णालीमा अविश्वासको प्रस्तावका पक्षमा रहेका मन्त्रीहरुले राजीनामा दिएका छैनन् । अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका यमलाल कँडेलको पक्षमा कर्णाली प्रदेशमा दुई मन्त्री छन् । कँडेलको सिफारिसमा मन्त्री भएका दल रावल र सुन्दाससिंह बुढाले राजीनामा गर्न लागेको नेम्वाङलाई जानकारी दिएका थिए । तर, नेम्वाङले उनीहरुलाई राजीनामा नदिन र थप कुनै प्रक्रियामा सामेल नहुन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार ००:००  १ : १८ बजे