सिन्धुली । सिन्धुलीमा आज एक औपचारिक कार्यक्रमका बिच अन्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस मनाइएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा‘विपद् जोखिम न्यूनिकरण मैत्रि सुशासन सुरक्षित भविष्यको लागि हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो ।
संयुक्त राष्ट्र संघले सन् १९८९ देखि अक्टोवर १३ लाई अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको रुपमा मनाउने भनि घोषणा गरे पछि यस दिनलाई नेपालमा पनि मनाउन थालिएको छ ।
कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, कमलामाई नगरपालिका, प्रहरि जिल्ला प्रमुख, सेना प्रतिनिधि, वल्र्ड भिजन इन्टरनेशनल नेपाल जिल्ला प्रतिनिधि, सिड्स नेपाल सिन्धुलीका अध्यक्ष एवंम समुह र जिल्ला विपद् व्यवस्थापनमा कार्यरत संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको साथै सिन्धुली उद्योग बाणिज्य संघ तथा अन्य नागरिक अगुवा तथा पत्रकारहरुको पनि उपस्थिति रहेको कार्यक्रम व्यवस्थापक नारायण पाण्डेले जानकारी दिए ।
कार्यक्रमको सुरुवात विपद् व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै पाण्डेले यो दिवस समय सान्दर्भिक तथा संसारभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाममा केन्द्रित भएको र महामारीको समयमा सचेतना कार्यक्रमका साथ अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस मनाउन जिल्ला स्थित सबै स्थानिय तहहरुलाई पत्राचार समेत गरिएका र कार्यक्रमकामा माक्स तथा ब्यानर उपलब्ध गराई सहयोग गर्ने साझेदार निकाय वल्ड भिजन इन्टरनेसनल नेपाल र सिड्स नेपाल सिन्धुली तथा सहकार्य र सहयोग गर्ने सम्पूर्ण निकायहरुलाई धन्यवाद् दिएका थिए ।
सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपक कुमार घिमिरेले सिन्धुलीमा पनि कोभिड १९ व्यापक हुँदै गएकाले जिल्ला स्थित सबै निकायहरु प्रशासन, व्यापारी तथा सर्वसाधरणल सावधानी अपनाउनुपर्ने,यसले चाडपर्वको मुखमा असामान्य स्थिति पैदा हुन सक्ने,आगामि दिनमा यस महामारीसँग जुध्न सबै तह तथा निकायहरुको सहयोग अनिवार्य भएकाले यसतर्फ ध्यान दिनुपर्ने, जिल्लामा हुने विपद व्यवस्थापनमा सिड्स नेपालको सहभागिता हुँदै आएको र आगामि दिनमा पनि निरन्तर हुने प्रतिवद्धता समेत व्यक्त गरेको पाण्डेले बताए ।
कार्यक्रम धुरा बजारबाट सुरु भई २ नं बजार सम्म गरिएको र सडकमा रहेका तथा वजारका व्यापारिहरु लगाएतलाई माक्स वितरण गर्दै कोभिड १९ बाट बच्न आवश्यक सावधानि अपनाउन अपिल समेत गरिएको थियो ।