२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि



मंगलबार कोरोनाका नयाँ ३ हजार ५५६ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए। 

यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार ००:००  ४ : ३१ बजे