२०८३, २ श्रावण शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्ञान सीप देशका लागि खर्च गरौँ : मन्त्री ज्ञवाली



काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली नागरिक स्वदेश तथा विदेश जहाँ रहे पनि ज्ञान, सीप र लगानी देशका लागि खर्चनुपर्ने बताएका छन् । यो युगमा बसाइँसराइ सामान्य भएकाले नेपालमा खोजे जस्तो शिक्षा र सुविधाको पहुँच नहुँदा धेरै प्रतिभा विदेश जान बाध्य रहेको उनको भनाई छ ।

परराष्ट्र मन्त्रालयको ब्रेनगेन सेन्टरले मङ्गलबार आयोजना गरेको अस्टे«ेलिया लगायतका देशका राजदूत, कूटनीतिज्ञ तथा गैरआवासीय नेपाली सहभागी वेबिनारमा मन्त्री ज्ञवालीले विदेशमा छरिएका नेपालीको उत्कृष्ट ज्ञान स्वदेशमा फर्काउन सरकारले प्रयास गरिरहेको बताए।

ज्ञवालीले ब्रेनगेन सेन्टरमा एक हजारभन्दा बढी विज्ञ विदेशबाट आबद्ध भएको जानकारी दिए । शिक्षा क्षेत्रमा सुधारसँगै नेपालको विकासक्रमको संस्कारमा भएका गल्ती औँल्याएर विज्ञता प्रस्तुत गरी सघाउन उनले विज्ञसँग आग्रह गरे।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  १० : २० बजे