२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशमा २,५५१ स्वास्थ्यकर्मी कोरोना संक्रमित




काठमाडौं । कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले जानकारी दिए ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ५४ हजार ४ सय जना संक्रमित रहेका छन् ।
बागमती प्रदेशमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या सबैभन्दा बढी काठमाडौंमा १ हजार ३ सय ३८ जना रहेका छन् ।

काठमाडौं कोरोना संक्रमित हुने जिल्लामा पनि संख्यात्मक रुपमा सबैभन्दा अगाडि रहेको छ । सबैभन्दा कम रसुवामा १ जना, सिन्धुपाल्चोकमा २ जना तथा दोलखा र नुवाकोटमा ३/३ जना रहेका छन् ।
सामाजिक विकास मन्त्रालयकाअनुसार ललितपुरमा मात्र ४ सय २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

त्यस्तै चितवनमा ३ सय ६३ र भक्तपुरमा २ सय ११ जना रहेका छन् ।
रामेछापका ४ जना, सिन्धुलीमा ११ जना र मकवानपुरमा १६ जना रहेका छन् । प्रदेशका स्वास्थ्यकर्मीमा कोरोना संक्रमित हुने दोस्रो जिल्लामा ललितपुर रहेको छ ।

काभ्रेमा १ सय ४२ र धादिङमा १९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । मन्त्रालयकाअनुसार केही स्वास्थ्यकर्मीहरु अहिले पनि उचाररत रहेको तर धेरै जसो संक्रमणमुक्त भएर काममा फर्किइसकेका छन् ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  १२ : ५९ बजे