२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहसचिव र उपसचिवको लोक सेवा परीक्षा मंसिरमा हुने




काठमाडौं ।लोक सेवा आयोगले संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।
राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिकरअप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।
आयोगल एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन मागेको छ।
आयोगले आज खुलाएको विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ।
आयोगको वेवसाइट https://psc.gov.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।
दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणीरनवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्ने आयोगको भनाइ छ।
आयोगले २०७७ कात्तिक १८ गतेसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ। तर स्थायी निजामति कर्मचारीका हकमा भने उमेरहद लागू छैन।
आयोगले हालै ‘संक्रमणको विषेश अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ ल्याएको छ। उक्त मापदण्डमा कोरोना संक्रमणकै अवस्थामा उम्मेद्वार (परीक्षार्थी) परीक्षामा सहभागी हुन पाउने छैनन्।
महामन्त्री बलदेव तिमल्सिनाले कोरोना संक्रमितमाथि पीडा थप्ने गरी आयोगले मापदण्ड ल्याएको भन्दै विरोध गरेका छन्।
अहिलेको अवस्थामा जो पनि कोरोनाबाट संक्रमित हुन सक्ने भएकोले आयोगको यो मापदण्डले धेरै उम्मेदवार परीक्षाबाट बञ्चित हुने महामन्त्री तिमल्सीनाको भनाइ छ।
कोरोना संक्रमण हुनु अपराध नभएकोले आयोगले परीक्षाको लागि व्यवस्थापन मिलाउन नेविसंघले माग गरेको उनले बताए।
‘आयोगका अध्यक्ष उमेश मैनालीले आयोगले ल्याएको मापदण्ड परिमार्जन गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताए।
कोरोनाका बिरामीलाई अस्पतालले पनि विशेष व्यवस्था मिलाएरमात्रै भर्ना लिने गरेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष मैनालीले संक्रमण रोग ऐनले समेत कोरोना संक्रमित यताउता हिँड्न नहुने उल्लेख गरेको बताए।
यसअगाडिका परीक्षाहरूमा पनि उम्मेदवार छुटे पनि यस पटक भने धेरै हल्ला भएको र मिडियाले पनि चासो राखेको अध्यक्ष मैनालीको भनाइ छ।
‘एक चरण छनौट भएर बसेकाहरूका लागि यो परीक्षा गर्न लागिएको हो। उमेर नाघ्ने बेला भएकै व्यक्तिलाई कोरोना भयो र परीक्षामा सहभागी हुन सकेन भने त्यो दुर्घटना हो,’ उनले भने।
कोरोना संक्रमण भइरहेकै अवस्थामा परीक्षा दिन सकिने गरी आयोगले कुनै व्यवस्था भोलिका दिनमा गरेमा जानकारी गराइने पनि उनले बताए।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  २ : ५५ बजे