२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित बढेपछि फ्रान्समा रात्रिकालिन कर्फ्यूको घोषणा



काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म नागरिकहरू घरमै बस्नुपर्ने बताएका छन्।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रपति म्याक्रोनले शनिबारदेखि ९ शहरमा कर्फ्यू लगाउन लागेको र त्यो कम्तीमा चार सातासम्म हुने बताएका छन्।
फ्रान्सले देशमा स्वास्थ्य आपतकालसमेत लागु गरेको छ।


बुधबारमात्र फ्रान्समा २२ हजार ९ सय ५१ जना नयाँ संक्रमित फेला परेका छन्।
म्याक्रोनले राजधानी पेरिससहित ९ शहरमा हाल ४ साताका लागि घोषणा गरिएको कर्फ्यूलाई सरकारले ६ सातासम्मका लागि लम्ब्याउन कोशिस गर्ने बताए।


कर्फ्यूपछि मानिसहरू राति अबेर रेष्टुरेन्ट तथा अन्य मानिसका निजी निवासमा जान पाउने छैनन्।
यो समयमा घरबाहिर निस्कन मानिसहरूसँग अत्यावश्यक कारण हुनुपर्नेछ। दैनिक जीवनमा महत्वपूर्ण हुने कुरामा भने कुनै पनि प्रकारको प्रतिबन्ध लगाइएको छैन्।
उनले कर्फ्यूमा रहनु मानिसहरूका लागि कठिन भएको आफूले बुझेको बताए।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार ००:००  १० : ५३ बजे