२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहराइनका राजकुमार चढे मनास्लु



काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। उनले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल बिहीबार बिहान ६ः१० बजे सफल आरोहण गरेका हुन् ।
उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए।
टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका थिए। सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा थिए।

राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका थिए। राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार ००:००  ११ : १६ बजे