२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस भन्छ :जाहेरी दर्ता गर्न गएका पीडित परिवारलाई प्रहरीले लाठीचार्ज गर्यो



सर्लाही। नेपाली कांग्रेसले सर्लाहीमा जाहेरी दर्ता गराउन गएकाहरूलाई प्रहरीले लाठीचार्ज गरेको बताएको छ।
सर्लाही रामनगर गाउँपालिका ७ का महेन्द्र रामको गत असोज २२ मा हत्या भए पनि अहिलेसम्म प्रहरी प्रशासनले शव वीरगञ्जको नारायणी अस्पतालमा राखेको र जाहेरीसमेत दर्ता नगरेको विरोधमा बुधबार कांग्रेसले प्रदर्शन गरेको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएका छन्,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ।
‘दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्जका कारण कयौं व्यक्ति घाइते भएका छन्,’ उनले भने।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार ००:००  ११ : ४३ बजे