२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार



काठमाडौं । काठमाडौंको मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।
बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि खुकुरी प्रहार भएको हो।
सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा एक व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए ।
सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको र उनको के एमसी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।।
ती मान्छेको पहिचान भइसकेको र उनको खोजी भइरहेको एसपी राठौरले बताए।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार ००:००  ३ : ३५ बजे