२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३१६७ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार ००:००  ५ : २३ बजे