२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप २९४२ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।थपिएका संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आइतबार ००:००  ५ : ०५ बजे