ओखलढुंगा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुंगातर्फ आँउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो राती १ बजे सिद्दिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ को भदौरे भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले भिजनलाई जानकारी दिए । उनका अनुसार मृतक मध्ये ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका ९ माधवपुरका ४५ बर्षिय राम बहादुर सार्की र सोही ठाँउकै २६ बर्षिय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी २ पुरुष र १ महिलाको पहिचान खुलेको छैन । रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य ३ जना मृतकहरु पनि ओखलढुंगाकै हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । मानेभञ्ज्याङका भिजनकर्मी भुवन श्रेष्ठका अनुसार मृतकका आफन्तहरु शव बुझ्न दुर्घटनास्थल तर्फ लागिसकेका छन् ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैं मनाउन घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।











