२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायकले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप एक लाख दिने



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ।

नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकहरूका लागि नगरपालिकाले उक्त थप रकम दिने निर्णय गरेको हो।
२०७७ कात्तिक ३० गतेभित्र स्वेच्छिक अवकाश लिने शिक्षकले नगरबाट थप रकम पाउनेछन्।

गत असोज २९ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षकलाई थप प्रोत्साहन रकम दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आज गोरखापत्रमा सूचना निकालेर उक्त जानकारी दिएको हो। सरकारले पनि स्वेच्छिकअवकाश लिने शिक्षकलाई रकम उपलब्ध गराउँछ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  ११ : १८ बजे