२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेसका सबै सांसद्ले दसैं भत्ता फिर्ता गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ। पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए ।
दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले रातोपाटीलाई जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।
संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीयले संस्थागत निर्णय गर्न लागेको हो ।
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
कानुनी व्यवस्था नगरी मन्त्रिपरिषद्कै निर्णयका आधारमा सचिवालयले सांसदलाई दसैं खर्च सांसदलाई दिएको थियो ।– रातोपटी

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  १२ : ४१ बजे