२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता गच्छदारको सबै सम्पत्ति रोक्का



काठमाडौं । ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको छ। छानबिनका क्रममा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो। गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ। उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो। विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
२०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आरोपमा मुद्दा चलाइएको हो। विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धान भइरहेकाले थप भन्न नमिल्ने बताए।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  १ : ५३ बजे