२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा पनि कोरोना संक्रमित भेटिए



सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो कोरोना संक्रमीत भेटिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिए ।

 जिल्ला अस्पताल फाप्लुको आईसोलेशन वार्डमा राखेर उपचार भईरहेको उनलाई थप उपचारको लागि बिहिबार बिहान कोरोना अस्पताल बिराटनगर पठाईएको छ । 

प्रकाशित मिति : २०७७, १५ जेठ बिहीबार ००:००  ५ : ०८ बजे