२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र मन्त्रीको दसैं दक्षिणा कोरोना कोषमा




काठमाडौँ । कोरोना परीक्षण र अस्पतालको खर्च आफैं बेहोर्नुपर्ने घोषणा गरेर सर्वत्र आलोचित संघीय सरकारका मन्त्रीदेखि माननीयसम्मले दसैं भत्ता नलिने घोषणा गरेका छन् ।
दसैंभत्ताबापतको एकमुष्ट रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जिम्मा गर्ने निर्णय गरेका हुन््।
संघीय संसदन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभाका पदाधिकारी र सांसदका लागि दसैं भत्ताबापत करिब २ करोड रुपैयाँ अर्थ मन्त्रालयले संघीय संसद् सचिवालय पठाएको थिया उक्त रकम सांसदको खातामा असोजको अन्तिममा सातामा जम्मा गरिदिएको थियो ।
आफूलाई जानकारी नदिई संसद् सचिवालयले खोलेको खातामा दसैंभत्ताबापतको रकम जम्मा गरिदिएको भन्दै केही सांसदले फिर्ता गर्न थालेका छन्।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरूले दसैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सांसदका स्वकीय सचिव तथा सहयोगीहरूको खातामा गएको दसैंभत्ताबारे भने दलहरूले केही बोलेका छैनन्।

प्रकाशित मिति : २०७७, ४ कार्तिक मंगलबार ००:००  २ : ५१ बजे