२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटारीका मेयर श्रेष्ठलाई कोरोना पुष्टि



उदयपुर। उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ।

कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत ब्यक्ति सहित ४ जनाको कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए ।

कात्तिक १ गते कटारीमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भए सँगै मेयर लगायत अन्य ४ जनाको स्वाब २ गते संकलन गरेर वि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए।

स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार, उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आफुमा कोरोना पुष्टि भएसंगै मेयर श्रेष्ठले आफ्नो स्वास्थ अबस्था सामान्य रहेको र आफु सँग सम्पर्कमा आएका ब्यक्तिहरुले होम आइसुलेसनमा बस्न यदि कुनै लक्षण देखिए स्वास्थ संस्थामा सम्पर्क गर्न अनुरोध गरेका छन्।
नगर प्रमुख र प्रमूख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि भएसंगै नगर मातहतका कार्यलयहरु कार्तिक १५ सम्म अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएका छन् ।

प्रकाशित मिति : २०७७, ४ कार्तिक मंगलबार ००:००  ३ : १२ बजे